प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन्। राष्ट्रपति कार्यालयले बुधबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिहरूको नियुक्ति, जिम्मेवारी हेरफेर गरी मन्त्रिपरिषद् पुनर्गठन गरेको हो।
यसक्रममा अर्थमन्त्रीको जिम्मा विष्णु पौडेल, सहरीमा कृष्ण गोपाल, सूचना तथा सञ्चार मन्त्रीमा पार्वत गुरुङ र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी लिलानाथ श्रेष्ठले पाएका छन्।
मन्त्रिपरिषद् हेरफेरका विषयमा बिहान नेकपा अध्यक्षद्वय ओली र पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो।