”समृद्ध नेपालको सपना हामी सम्पुर्ण युवाहरुको नव संकल्प हो । गणतन्त्र नेपालको पहिलो आधार, समृद्धकाे शुरुवात नै नव संकल्प हो ।”
मैले यो पहिलो कथन लेखिरहदा मलाई नै लागि रहेको छ । आजको मुल सपना नै नव संकल्प हो । हामीले संकल्प नगरी कुनै कार्यको थलानी गर्न सकिदैन । हो यही संकल्पका साथ काभ्रेको कान्पुरका केही युवाहरुले स्थापना गरेको नव संकल्प बहुउदेश्यीय सहकारी लिमिटेडले १४ वर्ष पुरा गरेको अवसरमा नयाँ कार्यलयबाट पुनः नव संकल्पका साथ नयाँ यात्राको थलानी गरेको छ ।
मंसिरको ३० गतेबाट बौद्धको पीपबोट स्थीत नयाँ भवनबाट कारोबार थलानी गरेको नव संकल्प बहुउदेश्यीय सहकारीको उद्घाटन काभ्रे जिल्ला नमोबुद्ध नगरपालिकाको वडाध्यक्ष बुद्ध सिं तामाङको प्रमुख आतित्थ्यतामा भएको थियो । उक्त कार्यक्रममा डुप्साङ लामा, सिंग बहादुर लामा, सि. एस. लामा, मिसन समृद्ध नेपालको महासचिव मिलन लामा दोङ, जय लाल श्रेष्ट अतिथिका रुपमा रहेका थिए ।
कार्यक्रम संचालन संस्थाको कोषाध्यक्ष अर्जुन लामाले गरेका थिए भने उहाँको पनि यो पहिलो नव संकल्पका साथ संचालन गरेको कार्यक्रम रहेछ । उहाँलाई कार्यक्रम अवधीको समय साँच्चिकै नव संकल्पको भारले थिचेको थियो तर प्रयास धेरै राम्रो थियो ।
कार्यक्रममा प्रमुख अतिथि बुद्ध सिं तामाङले मान्छे तीन प्रकारको रहेको उपदेशबाट प्रष्ट्याउनु भएको थियो । उत्तम मान्छे, मध्यम मान्छे र सामान्य मान्छे । यी तीन मान्छेलाई चिनेर सहकारी संचालन गरेमा सफलता मिल्ने बताउनु भएको थियो ।
युवा नेता सि एस लामाले समाजवादको पहिलो आधार नै सहकारी र सहकार्यको आवश्यकता रहेको हुनाले सहकारीलाई व्यक्ति, समाज र राष्ट्रको समृद्धको लागि मुल आधार भएको बताउनु भएको छ ।
निरन्तररुपमा १४ वर्ष देखि संचालनमा रहेको यो नव संकल्प बहुउदेश्यीय सहकारी लिमिटेडले आफ्नाे ग्राहकवर्गकाे सुविधाका लागि सहकारी क्षेत्रमा उपलब्ध भएका सम्पुर्ण सेवा सुविधाहरु (जस्तै बि प्रेशन सेवा, रेमिटेन्स सेवा) दिने उदेश्यका साथ नयाँ भवनमा सरेको अध्यक्ष छेडुप दोङ तामाङले सारा खबरलाई जानकारी दिनुभयो ।
हाल सहकारीमा उपाध्यक्ष कालु तामाङ, सचिव कार्सङ तामाङ, कोषाध्यक्ष अर्जुन तामाङ, सदस्यहरुमा रत्न विर तामाङ, रोशन तामाङ, गुञ्जमान तामाङ संचालक सदस्यका रुपमा रहेका छन् भने बिकास तामाङ लेखा समितिको जिम्मावारीमा कार्यरत छन् ।
अहिलेसम्म नव संकल्प बहुउदेश्यीय सहकारी संस्था लिमिटेटबाट हजारौं ग्राहकहरु लाभ लिइरहेको अध्यक्ष छेडुप तामाङले हामीलाई जानकारी दिए ।
वास्तवमा युवाहरु नेपालमा रोजगार पाउन सकेन भनि ४८ डिग्रीको तापक्रममा काम गर्नका लागि विदेशीने गरेका छन् । यी युवाहरुले गरेको कार्यलाई मुल्याङ्कन गर्ने हो भने नेपालमा नै पसिना बगाउन सके सफल हुन सकिन्छ भन्ने उहारणको रुपमा लिन सकिन्छ ।
यी नव युवाहरुको संकल्प प्रति हामी सबैले सम्मान गर्नु नै पर्छ किन भने सहकारी प्रति धेरै व्यक्तिहरुको नकरात्मक धारणा सुन्दै आएका छन् तापनि यसलाई चिर्दै नव युवाहरुले सकरात्मक सन्देश दिन सफल भएको देखिन्छ ।
विश्वासको आधार अनि संचालक टिमका सदस्यहरु नै इमानदारीता र दायित्व प्रति जिम्मवेवार भएको हुनाले १४ वर्षसम्ममा धेरै भन्दा धेरै ग्राहकवगहरुको मन जित्न सफल भएको हुनाले यो विश्वास टुट्न नदिने नव संकल्प बहुउदेश्यीय सहकारी टिमको संकल्प रहेको अध्यक्ष छेडुप दोङ तामाङले बताए।