नेपालगञ्ज,राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन बाँकेले गरेको दहि चिउरा खाने तथा संगठन संग आवद्ध पदाधिकारी भेला कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका मेयर डा धवल समशेर राणाले एक महिनाको तलब महिला संगठनको अध्यक्ष इन्द्रिरा शाही र महिला संगठन बाँकेको सचीव तारा वलिलाई चालिस हजारको चेक हस्तान्तरण भएको छ ।

राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको आयोजनामा गत बर्षको चैत महिनामा भएको भलिबल प्रतियोगितामा सफलता पुर्वक सप्पन्न गर्नुहोस महिलाले गरेको महान कामलाई प्रोत्साहन गर्दै प्रत्येक महिनाको तलब विपन्न परिवार दिदै आएका मेयर जेठ महिनाको तलब महिला संगठन लाई दिनु भएको हो ।

महिला संगठनमा आवद्ध केन्द्रिय सदस्य प्रदेश संयोजक नगर कमिटी अध्यक्ष पदाधिकारी उपस्थित कार्यक्रममा मेयर राणाले संगठन निर्माण र मजबुत बनाउन आग्रह गर्नु भएको थियो ।

उक्त कार्यक्रममा महिला संगठनको अध्यक्ष इन्द्रिरा शाही सचिव तारा अलि महिला संगठन केन्द्र सदस्य उर्मिला शाही लुम्बिनी प्रदेश संयोजक विष्णु सिहं ठकुरी बाँके जिल्ला उपाध्यक्ष माहिली लामा केन्द्रिय सदस्य पवित्रा सुब्बा श्रेष्ठ, महिला संगठन कि केन्द्रिय सदस्य केसु पोखरेल अमृता चन्द कार्की र संगठन कि जिल्ला कोसाद्यक्ष बिनिता मल्ल,कोहलपुर नगर कमिटी अध्यक्ष लक्ष्मी हमाल लगाएतको उपस्थिति रहेको थियो ।








