नेपालगञ्ज, जनता समाजवादी पार्टीका नेता तथा पुर्व शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरूमाथि गरिएको हत्या, हिंसा, मन्दिर तोडफोड निन्दनीय भएको बताउनुभएको छ ।


नेपालगन्जमा आयोजित कार्यक्रममा पुर्वमन्त्री राईले मुस्लिमहरुका लागि सबैभन्दा सुरक्षित देशबिश्वभरमा नेपाल रहेको बताउनु भयो ।









उहाँले बंगलादेशमा अल्पसंख्यक हिन्दुहरु माथि भएको घटनाको निन्दा गर्दै बंगलादेश सरकारले तिनको सुरक्षा गर्नुपर्ने बताउनुभयो ।




उहाँले शक्तिशाली व्यक्ति हो भन्दैमा कमजोर व्यक्ति माथि आक्रमण गर्नु वा विभिन्न बहनामा पिडा दिनु इस्लाम बिरोधी कार्य भएकोले सबै मुस्लिमहरुलाई एकताबद्ध भएर यसको बिरोध गर्ने आग्रह गर्नु भएको थियो ।



नेपालगन्ज मुस्लिम समाजले दिएको सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै कशौधन वैश्य समाजका अध्यक्ष नन्दलाल बैश्यले कोरोना कालमा मानवीय कार्य गर्न पाउँदा खुशी लागेको तथा थप जिम्मेवार भई लाग्न समेत यश सम्मानले प्रेरित गरेको बताउनुभयो ।

संकटका बेला जनताको सेवा गर्न पाएकोप्रति खुशी व्यक्त गर्दै भविष्यमा पनि मानवीय कार्यमा लाग्ने अध्यक्ष बेहनाले प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।

समाजका अध्यक्ष हाजी अब्दुल हकिमको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो ।








