नेपालगन्ज , नेकपा(एकिकृत समाजवादी) पार्टी निकट अखिल नेपाल महिला संघ(समाजवादी) बाँकेको अध्यक्षमा नारायणी ओली चयन भएकी छन् । जिल्ला स्तरीय भेला तथा प्रशिक्षण कार्यक्रममा अध्यक्षमा उनलाई चयन गरिएको हो ।

संघको सचिवमा बसन्ता शर्मा लगायत रहेका छन् । उक्त कार्यक्रमलाई नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य तथा कर्णाली प्रदेश अध्यक्ष एवम् भौतिक पुर्वाधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापा, पार्टीका केन्द्रिय सदस्यहरु अशोक कोइराला, अब्दुल हुसेन खा, अमर थापा, पार्टीका केन्द्रिय सदस्य तथा अनेम संघ(समाजवादी) उपाध्यक्ष राजेन्द्र लक्ष्मी गैरे लगायतले सम्बोधन गरेका थिए ।

पुर्वप्रधानमन्त्री माधब कुमार नेपालले नेतृत्व गरेको उक्त पार्टीले संगठन सुदृढीकरण अभियान थालेको छ । उक्त पार्टीले भातृ संस्था तथा शुभेच्छुक संघ, संगठनलाई चलायमान बनाउन भेला तथा प्रशिक्षण कार्यक्रम गर्दै आएको छ ।








