सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर ३ का वडा सदस्य अन्सारीको निधन


नेपालगन्ज,नेपालगन्ज उप-महानगरपालिका वडा नम्बर तीनका वडा सदस्य जाफर अन्सारीको ४८ बर्षको उमेरमा निधन भएको छ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सदस्य समेत रहेका अन्सारीको निधनले वडा नम्बर तीन पूरै शोकमय भएको छ ।


उहाँको उपचारको क्रममा शनिबार साँझ ४:५० बजे नेपालगन्ज मेडिकल कलेजमा निधन भएको हो । हृदयघातका कारण वडा नम्बर तीनका जनप्रतिनिधि अन्सारीको निधन भएको परिवारिक स्रोतले जनाएको छ ।


स्वर्गीय अन्सारीको अन्त्येष्टि मिट्टी (अन्तिम संस्कार) आइतबार दिउँसो १ :३० बजे बाद नमाज-ए जोहर नेपालगन्जको वडा नम्बर ४ मा अवस्थित स्थानिय कब्रिस्तानमा हुने पारिवारिक स्रोतले बताएको छ ।
वडा नम्बर तीनका वडा अध्यक्ष अय्युब सिद्दिकीले जाफर अन्सारीको दुखद निधन भएको प्रति स्तब्ध भएको उल्लेख गर्नु भएको छ । स्वर्गीय अन्सारीको श्रीमती एउटा छोरा र एउटा छोरी छन ।

May be an image of text that says 'वडाज्जिर्यालय हार्दिक श्रद्धात्जली यस नेपालगव्ज उप-महानगरपालिका वडा नं.३ का जनप्रिय नेता तथा वडा सदस्य (नेपाल कमुनिष्ट पार्टी माओवादी केन्द्र) श्री मो. हुसेन अन्सारी ज्यूको असामायिक निधनले हामी मर्मित छौ उहाँको दिवांगत आत्माको चीर शान्तिको कामना गर्दे भावपूर्ण श्रद्धात्जली यस कार्यालय परिवारवाट अपर्ण गर्दाछ्ीँ र उहाँको कमि हामीलाई सघै महसुस भइ रहनेछ, शोकाकुल परिवारलाई अल्लहले धैर्यधारण गर्नें शक्ति प्रदान गरुन,उहाँको योगदानको कदर गर्दे आजको दिन यस कार्यालयमा शोकविदा गरिएको छ अय्यूव सिद्िकी वडा अध्यक्ष मो.अय्युब सिद्धीकी (वडा अध्यक्ष)'


यस दुःखको घडिमा जनप्रतिनिधि वडा अध्यक्ष अय्युब सिद्दिकि र वडा कार्यालयले शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ साथै वडाले स्वर्गिय अन्सारी प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गरेको छ ।
स्वर्गिय अन्सारीको अल्लाहपाक मग्फिरत गरून् साथै जन्नतुल फिरदौशमा अला मुकाम अता गरून् । शोकाकुल परिवारजनलाई सब्र अता गरून भनी न्युज फ्ल्यास साप्ताहिक परिवार अल्लाहपाकसंग प्रर्थाना (दुआ) गर्दछ ।

भर्खरै

सम्बन्धित खबर

Language »