सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

वडाध्यक्ष वर्माको योजना,नेपालगञ्ज १८ मा झिलिमिली बन्दै चोकहरु

नेपालगञ्ज, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १८ को विशालनगरचोकमा हाईमाष्ट लाईट जडानका लागि बिहिबार शिलान्यास गरिएको छ ।

वडा अध्यक्ष दिपक वर्माले हाईमाष्टलाईट जडानका लागि शिलान्यास गर्नुभएको हो । वडा कार्यालयको आठ लाख २५ हजारको लागतमा हाइमाष्ट लाईट जडान हुन लागेको हो । वडा अध्यक्ष वर्माले तेजनगरमा हाईमाष्ट लाईट शिलान्यास गरेको एक महिना नपुग्दै विशालनगर चोकमा अर्को हाईमाष्ट लाईटको शिलान्यास गर्नुभएको हो ।

विशालनगर र तेजनगर भन्दा पहिले गतवर्ष नै कारकादौंमा यसअघि वडा कार्यालयको लागतमा २ वटा हाईमाष्ट लाईट जडान भईसकेको छ ।

वडा अध्यक्ष वर्माले सबै टोल र वस्तीलाई प्राथमिकतामा राखेर विकास निर्माणका कार्य अघि बढाइएको बताउनुभयो । कार्यक्रममा वडा सदस्य दिग्विजय ढुंगाना लगायत टोलबासीको उपस्थिती रहेको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »