नेपालगञ्ज, अमेरिकी सहयोग परियोजना एमसिसीको बिरुद्धमा नेपालगन्जमा आइतबार बृहत प्रदर्शन गरिएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजबादी बाँकेको मोर्चा फाटको आयोजनामा एमसिसीको बिरुद्धमा नेपालगन्जमा बृहत बिरोध प्रदर्शन गरिएको हो ।

नेपालगन्जको धम्बोझी चोक देखी सुरु भएको एमसिसी बिरुद्धको बिरोध ¥याली पुष्पलाल चोकमा पुगेर कोणसभामा परिणत भएको फाँटका प्रमुख किशोर थापाले बताउनुभयो ।
बिरोध सभामा अधिवक्ता पदम पाण्डेयले एमसिसीको केही बुदाहरु नेपालको हित बिपरित रहेको बताउनुभयो । बिरोध सभालाई नेकपा एकीकृत समाजबादीका केन्द्रीय सदस्य तथा बाँके इन्चार्ज अशोक कोइराला, युवा संघ नेपालका लुम्बिनी प्रदेश अध्यक्ष समेत रहेका मोर्चा फाटका संयोजक थापा लगायतले एमसिसीको बिरोध गर्नुभयो ।
कार्यक्रममा नेकपा एकीकृत समजबादिका केन्द्रिय पोलिट ब्युरो सदस्य दल बहादुर सुनार, नेकपा एस बाँकेका सह इन्चार्ज अब्दुल हुसेन खाँ, नेकपा एस बाँकेका अध्यक्ष इन्द्र बहादुर थापा, अनेरास्ववियूका केन्द्रिय सचिव टेकेन्द्र मल्ल, युवा संघ बाँकेका अध्यक्ष राजु तामाङ, सचिव सुनिल रसाइली लगायतको सहभागीता रहेको नेता लालवहादुर खत्रीले बताउनुभयो ।








