सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बानेश्वर क्षेत्रमा आजपनि तनाबग्रस्त ६ दल र २ मोर्चाको आन्दोलन जारी

काठमाडौं । संसदबाट एमसिसि अनुमोदन गर्न नहुने तथा फिर्ता पठाउनु पर्ने भन्दै बिगत केहि दिन देखि आन्दोलनरत दल तथा तिनका भातृ संगठनहरुले आन्दोलन गर्दै आएकोमा आज पनि निरन्तरता दिएका छन् ।
नेकपा माओवादी केन्द्रको युवा संगठन वाईसिएल नेपाल , नेकपा समाजवादीको युवा संगठन युवासंघ नेपाल तथा बिप्लव नेकपा सहितको ६ दल र २ वटा मोर्चा ले बिरोध शभा गरिरहेको छ ।
प्रदर्शनका क्रममा ‘नो एमसीसी, एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन’ भन्ने जस्ता नारा लगाइएको थियो ।
केहि समय नाराबाजि गरेर वाईसिएलले आफ्नो कार्यक्रम स्थगित भएको बताए पनि अन्य सबै ले आन्दोलन जारी राखेका छन् ।
आन्दोलनको क्रममा प्रदर्शनकारीहरुले टायर बालेर प्रदर्शन गरे पनि त्यस्तो धरपकड भने भएको छैन ।
उता नेकपा समाजवादी संवद्ध बिद्यार्थि संगठनले भने एमसिसि को पुत्ला बनाएर जलाएर बिरोध प्रदर्शन गरेका छन्। मिनभवन क्याम्पस बाट सो पुत्ला निकालिएको थियो ।
फोटो फिचर

भर्खरै

सम्बन्धित खबर

Language »