सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

डुडुवामा विभिन्न पार्टी परित्याग गरि २२ जना स्थानीय नेताहरु जनता समाजवादी पार्टी बाँकेमा प्रवेश

नेपालगञ्ज, जनता समाजवादी पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पुर्व शहरी बिकास मन्त्री मोहम्मद ईश्तियाक राईको प्रमुख आतिथ्यतामा आयोजना गरिएको कार्यक्रममा डुडुवामा विभिन्न पार्टी परित्याग गरि २२ जना प्रभावशाली स्थानीय नेताहरु जनता समाजवादी पार्टी बाँकेमा प्रवेश गरेका छन् ।


डुडुवामा आयोजना गरिएको एक कार्यक्रममा नेपाली कांग्रेस डुडुवाका प्रभावशाली नेता तथा वडा न २ बेतहनीका निर्वाचित वडा सदस्य ईजाजुद्दीन खां र माओवादी केन्द्रका पुराना नेता सब्बीर खां लगायत बिभिन्न पार्टी परित्याग गरी २२ जना प्रभावशाली नेताहरु जसपा बाँकेमा प्रवेश गरेको जसपा बाँकेका अध्यक्ष कमरुद्दीन राईले बताउनुभयो ।

प्रवेश गर्नेहरुलाई पुर्वमन्त्री तथा बाँके क्षेत्र नम्बर २ का संघीय सांसद ईश्तियाक राईले सदस्यता प्रदान गर्दै सही समयमा सही निर्णय लिएको जनाउँदै बाँकेमा जसपा दिनदिनै बलियो हुँदै गएको बताउनुभयो । उहाँले यस पटकको निर्वाचनमा धेरै पालिकामा राम्रो नतिजा आउने जनाउँदै अझै धेरैजना अन्य पार्टीबाट जसपामा आउने तयारीमा रहेको पनि बताउनुभयो ।
नवप्रवेशीहरुलाई पार्टीका जिल्ला अध्यक्ष कमरुद्दीन राई, डुडुवा गांउपालिकाका अध्यक्ष दुर्गा प्रसाद बर्मा र डुडुवा गांउपालिकाको अध्यक्ष पदका उम्मेदवार भण्डारी लाल यादव लगायतका नेताहरुले स्वागत गर्नु भएको थियो ।
उहाँहरुले यो प्रवेशले डुडुवा जसपा यस पटक झन बलियो भएको र निर्वाचनमा त्यसको परिणाम देखिने बताउनुभएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »