सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सामाजिक सन्जालको दुरुपयोग गर्दै ठगि गर्ने गिरोहका नाईके पक्राउ


काठमाडौं । धेरै कमाउने लोभले मानिसले आफुसंग भएको पनि गुमाउछ । अरुको दिमागलाई रनभुल्ल बनाएर सजिलै ठगि गर्ने गिरोह नेपालमा पनि धेरै सकृय भएको प्रहरीको भनाई छ ।


यस्तै सामाजिक संजाल वाट्सएप मार्फत पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी २९ लाख ४० हजार रूपैयाँ ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा भक्तपुर ठिमी बस्ने काभ्रेपलाञ्चोक मन्डनदेउपुर गाउँपालिका-४ घर भएका ३८ वर्षीय गान्दिप गौतमलाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

आफूलाई बिदेशी नागरिक बताउने डा।जोहान लोरेन्स नामक ब्यक्तिले सामाजिक संजाल फेसबुक वाट्सएपको माध्यमबाट पीडितलाई ९० लाखको चिठ्ठा परेको छ, साथै सुनको सिक्री, २ लाख पाउण्ड भएको सुटकेश समेतको पार्सल पठाएको छु भनी म्यासेज पठाएको केही समयपछि प्रताप राना सिंह नाम बताउने व्यक्तिले पीडितलाई वाटसएप मार्फत फोन गरी पार्सल र चिठ्ठा परेको रकम पाउनको लागि ट्याक्स रकम तिर्नुपर्छ भनी भ्रमपूर्ण बिश्वासमा पारी बिभिन्न ब्यक्तिहरुको नाममा रहेको बैंक खाता नम्बर र आइएमईको माध्यमबाट उक्त रकम जम्मा गर्न लगाई ठगी गर्ने कार्यमा संलग्न गौतमलाई महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनीलाई ठगी सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको  प्रहरी ले जनाएकोछ । 

भर्खरै

सम्बन्धित खबर

Language »