सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

दुर्घटनामा मारिएका तीनजनाका आफन्तद्धारा नेपालगञ्जमा विरोध प्रदर्शन, चक्काजाम, सडकमा धर्ना

नेपालगञ्ज, गत आइतवार राती सडकको छेउमा हिडिरहेका तीन जना पैदलयात्रीलाई ठक्कर दिएर मार्ने कार चालकलाई कडा कारवाही र क्षतिपुर्तिको माग गर्दै मृतकका आफन्तले यहाँ आन्दोलन शुरु गरेका छन् ।
सो घट्नामा मारिएका दुई नाबालकसहित तीन जनाका आफन्तले विहिबार साढे १० बजेदेखि नेपालगञ्जको विपी चोकमा टायर बालेर नाराबाजी गर्दै चक्काजाम गरेका छन् ।


सुनसान सडकको छेउमा हिडिरहेकालाई पछाडीबाट कारले ठक्कर दिएर हत्या गरेको आरोप लगाउँदै कार चालकलाई कडा भन्दा कडा सजाय र क्षतिपुर्तिको माग गरेर विरोध प्रदर्शन गरिएको मृतकका आफन्त राजा ईद्रिसीले बताउनुभयो ।
उहाँले कार चालकलाई हदैसम्मको सजाय र क्षतिपुर्तिको ग्यारेन्टी नभएसम्म विरोध प्रदर्शन र चक्काजाम जारी रहने बताउनुभयो ।
गत आइतवार राती ११ः३८ बजे प्रदेश ३–०१–२३ च ८४८१ नम्बरको धम्बोझीतर्फबाट अत्याधिक तिव्र गतिमा आएको कारको ठक्करबाट सडकको छेउमा हिंडीरहेका वडा नम्बर ११ सुनारमण्डी निवासी ६५ वर्षीया समिमा इद्रिसी, ५ वर्षका कसिम इद्रिसी र ६ वर्षका अलि अन्सारीको मृत्यु भएको थियो ।
सो कार नेपालगञ्ज १० का रेष्टुरेन्ट व्यवसायी २८ वर्षिय इन्द्र बहादुर थापाले मदिरा सेवन गरेर चलाएका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मधुसुदन न्यौपानेका अनुसार विपी चोक र धम्बोझीको विचमा पर्ने सडकको छेउमा हिडिरहेका ६ जना मध्ये तीनजनालाई थापाले मदिरा सेवन गरेर चलाएको कारले ठक्कर दिंदा मृत्यु भएको थियो ।
कार चालकलाई जोगाउने प्रयास भैरहेको जानकारी पाएर आफुहरु बाध्य भै आन्दोलनमा उत्रिनु परेको मृतक समिमा ईद्रिसीका भाई नईम ईद्रिसीले बताउनुभयो । उहाँले ती चालकलाई जोगाउने हो भने उनले फेरी पनि अरुलाई यसरी नै मदिरा सेवन गरेर गाडी चलाएर मार्ने बताउनुभयो । मृतकका आफन्त र स्थानीयले गरेको ओन्दोलनका कारण जमुनाहा कोहलपुर सडक खण्ड अवरुद्ध भएको छ । सो सडक खण्ड अवरुद्ध हुँदा उक्त सडकमा आवागमन गर्ने सवारी साधन ठप्प भएका छन् । आन्दोलनकारीले विभिन्न नारा लगाउँदै आन्दोलन गरिरहेका छन् । मृतकका आफन्तहरुले धर्ना समेत दिईरहेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »