नेपालगञ्ज , जनता समाजवादी पाटी (जसपा) नेपालका लुम्बिनी प्रदेश सभा सदस्यहरुले आइतबार अवधी भाषामा शपथ लिएका छन् । बाँकेबाट निर्वाचित भण्डारीलाल अहिर र आदेश कुमार अग्रवालले अवधी भाषामा शपथ लिएका छन् भने समानुपातिक सांसद अम्बिका काफ्लेले नेपाली भाषामा सपथ लिएकी थिइन् ।

लुम्बिनी प्रदेशमा जसपाका ३ जना सांसदहरु छन् । शपथ ग्रहण समारोहमा सांसदहरु आ–आफ्नो जाती र समुदाय झल्किने पोसाकमा थिए ।








