सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेकपा (एमालें बाँकेले पठायो पाँच लाखको राहत सामग्री


नेपालगन्ज, नेकपा (एमालें बाँकेले जाजरकोटका भूकम्प प्रभावित नागरिकका लागि पाँच लाखभन्दा बढीको राहत सामग्री पठाएको छ । एमालेका केन्द्रीय सचिव एवम् लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालको नेतृत्वमा एमाले बाँकेका अध्यक्ष किस्मत कुमार कक्षपतिसहितको टोली पाँच लाखभन्दा बढीको विभिन्न राहत सामग्री सहित जाजरकोट जानु भएको हो ।


भूकम्प प्रभावितका लागि एमाले बाँकेले पार्टी सदस्य तथा जनवर्गीय समिति परिचालन गरी सहयोग जुटाएको थियो । त्यसरी सङ्कलन भएको चामल, दाल, तेल लगायतका खाद्यान्न र कम्बलसहित लत्ताकपडा लिएर टोली जाजरकोट गएको एमाले बाँकेका उपाध्यक्ष डिल्ली बिसीले जानकारी दिनुभयो ।
उहाँले एमाले बाँकेका नेता कार्यकर्ताबाट स्वतःस्फूर्तरूपमा प्राप्त सहयोग भुकम्प प्रभावितलाई पठाइएको जनाउँदै अन्य सहयोग रुकुमपश्चिमको प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको बताउनुभयो ।
उपाध्यक्ष विसीले एमाले बाँकेका विभिन्न जनवर्गीय सङ्गठनका नेता कार्यकर्ताले यस अघि भूकम्प प्रभावितका लागि रक्तदान पनि गरिसकेको बताउनुभयो ।

भर्खरै

सम्बन्धित खबर

Language »