सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

आज पनि बढ्यो सुन–चाँदीको मूल्य

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुन–चाँदीको मूल्य बढेको छ।

अघिल्लो कारोबार दिन अर्थात् बुधबार प्रतितोला चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ५६ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ। 

बुधबार छापावाल सुन प्रतितोला एक लाख ५५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो।  

त्यसैगरी, बिहीबार चाँदीको मूल्य पनि बढेको छ।

बुधबार प्रतितोला एक हजार आठ सय ३० रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार प्रतितोला एक हजार आठ सय ८० रूपैयाँ किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस २६ सय ९६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »