सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बिकास थापामगरको “ पिरै पिर ” टेलिसिरियल एकलाख दर्शकले हेरे

काठमाडौं । धनेश्वर फिल्मस् एण्ड एभरटाईजिङ प्रा.लि.को ब्यानरमा निर्माण भएको“पिरै पिर” टेलिसिरियल एकलाख दर्शकले हेरेका छन् ।
पछिल्लो समय टेलिसिरियलको पर्दामा अत्यधिक रुचाईएका कलाकार विनोद श्रेष्ठको मुख्य भुमिका रहेको यो टेलिसिरियलमा कलाकार तारा केसी, मन महर्जन, देव महर्जन, दीपक सुनार, सपना गडाल, विमल श्रेष्ठ, सिर्जना गजमेर, पवि अधिकारी,बाल कलाकार सृष्टि खड्गीको अभिनय रहेको छ ।
सिरियलमा डबिङ आर्टिस्ट समीरा सुनार, ग्रिप एण्ड ग्राफ अधिकारी जी,मेकअप सुष्मा जोशी पृष्ठभूमि स्कोर लक्षु प्रकाश मल्ल क्यामेरा र सम्पादन रमेश विशुन्खे उत्पादन सल्लाहकार सुशील पंगेनी, लेखक झलक पंगेनी, निर्माता विकास थापा मगर, निर्देशन मिलन आले मगर रहेका छन् ।
सामाजिक तथा पारिवारिक कथावस्तुमा आधारित यो सिररियलमा रहेको मार्मिक कथालाई कलाकारहरुले अभिनयमा सकेसम्म मेहनत गरेका छन् भने मुख्य टिमले समेत राम्रो काम गरेको निर्माता बिकास थापा मगरले बताएका छन् ।
यो सिरियलको दोस्रो भाग अझ दमदार बन्ने निर्माण पक्षको दावी छ ।

भर्खरै

सम्बन्धित खबर

Language »