काठमाडौं । आफ्नो जन्मभुमी तथा मातृभुमीको परिचय कसरी स्थापित गर्न सकिन्छ भन्ने बिषयमा केन्द्रित रहेर तेमालको परिचय झल्काउन उत्तर लामा संगुलले “सुन्दरहाम्रो तेमाल गाउँ” बोलको गीत सार्वजानिक गरेका छन् ।
तेमालको भौगोलिक बिबिधता , संस्कार,संस्कृती र पर्यटकीय स्थलको समेत चर्चा गरेको शब्दहरुलाई मिठो संगीत र संगीत संयोजन मार्फत बजारमा आएको गीतको शब्द कुमार बोम्जनले रचना गरेका हुन् ।
गीतको संगीत उत्तर लामा संगुल आफैंले गरेका छन् भने स्वर चर्चित गायक उत्तर लामा संगुल र गायीका सुमिना लोको रहेको छ ।
गीतको संगीत संयोजन पवन वाङ लामाले गरेका हुन भने अर्पन स्टुडियोमा अर्पन थिङले मिक्सिङ मास्टरीङ गरेका हुन् ।
तेमाल गाउँपालिकाको सहयोगमा निर्माण गरिएको यो गीतको ड्रोन भिडियो सारा खबरका सन्चालक मिलन लामा दोङले खिचेका हुन भने सम्पादन कुमार बोम्जनले गरेका हुन् ।
गीत निर्माण सहयोगीमा तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, उपाध्यक्ष दलमान थोकर वडा अध्यक्षहरु ईन्द्रबहादुर अधिकारी,देवराज तामाङ,विष्णु बहादुर तामाङ,पेम्बा तामाङ,हजार सिंग लामा तामाङ,प्रेमबहादुर तामाङ,ईन्द्रलाल तामाङ, तेमाल सिंग तामाङ, चन्द्रबहादुर लामा रहेका छन् ।
त्यस्तै मिडिया सपोर्टमा मिलन लामा दोङ (सारा खबर),छेदुप दोङ ( एचटिभि नमोबुद्ध ),सुदिन दोङ (तेमाल अनलाइन) , जगत तामाङ (नमो बुद्ध न्युज) तिर्थमान बल (नङ्सल गेटाङ मेट्रो एफएम), अनिश दोङ (उज्योलो नेटवर्क), मिङ्मा योन्जन (जिकतेन खबर),सुरेन तामाङ (टुङ्ना मिडिया), प्रितम गोले (जन्मभूमि पोस्ट) रहेका छन् ।
गीत यस्तो छ
सृष्टीले नै रचिएको सुन्दर हाम्रो गाउँ
प्रकृतिले भरिएको सुन्दर तेमाल गाउँ,
सुनकोशी, रोशी र झ्यु खोलाले अंगालेको ठाउँ
बहुल जाति, भाषा र धर्म संगालेको गाउँ,
लेक र बेशी डाँडा र काँडा हेर्दा हराभरा
विकासोन्मुख वडा छ हाम्रो तेमालको सारा।।।
आधाबाट, सस्र्युंखर्क, चुखा र कुडुवाल, फेदिचे, नारायणस्थान,
तोङ्सुम कुण्ड, रोसाइबा ताल, तेमालको हाम्रो गौरव शान।।।।
तामाङ, ब्राम्हण, क्षेत्री र नेवार, मगर र अन्य जाती
कोही पराई होईनौ हामी, दुख र सुखको साथी,
हाम्रो तेमाल अब हामी मिली, उठाउनु छ माथी
तेमाले भनी गर्व गर्दै, फुलाउदै हिड्नु छ छाती।।।
ठुलो पर्सेल, चापाखोरी, घिम्दी र ल्होङ्साल, चोपाटार, मैनाजाङ
विकास तीव्र हुदै छ हाम्रो, छर्दै खुशीका रङ।।।
यातायात र स्वास्थचौकी अनि विद्यालय
भविष्यको पुर्वाधार हुन आजै गरौं तय,
बुद्धचित्त शुद्ध राखौं अनि मनसाय
हाम्रै गाउँ, हाम्रै ठाउँ तेमालको जय—जय।।।








