सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

रवि लामिछानेविरूद्व आज चितवनमा मुद्दा दर्ता गरिँदै

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्व आज चितवमा पनि मुद्दा दर्ता हुँदैछ ।

साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम अपचलनको आरोपमा लामिछाने सहित १४ जना र ६ वटा संस्थाविरूद्व आज जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गर्न लागेको हो ।

रविसहितविरूद्व ठगी तथा संगठित अपराध कसुरमा मुद्दा दर्ता हुनेछ ।

लामिछाने यसअघि रवि सूर्यदर्शन सहकारीमा कास्कीबाट ६५ लाख, स्वर्णलक्ष्मी सहकारीमा काठमाडौंबाट ६० लाख र सुप्रिम सहकारी प्रकरणमा रुपन्देही अदालतबाट १ करोड धरौटीमा रिहा भएका हुन् ।

भर्खरै

सम्बन्धित खबर

Language »