सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एसपी एकनारायण कोइरालाले अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउन निर्देशन

काठमाडौं । जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक एक नारायण कोईरालाले जिल्ला प्रहरी कार्यालय इलाम मातहत युनिट इन्चार्जहरुलाई आवश्यक निर्देशन दिनु भएको छ ।

जिल्ला प्रहरी कार्यालय इलामको सभा हलमा एक कार्यक्रमका बिच वहाँले सबै प्रहरी कर्मचारीहरु अनुशासनमा रही व्यावसायिक प्रहरी कर्मचारीको रुपमा कार्य सम्पादन गर्दै कुनै पनि प्रलोभन र मोलाहिजामा नपरी शुन्य सहनशिलतामा कार्य गर्न, आचरणमा रही काम कारवाही गर्न र कुनै पनि घट्ना घटे तत्काल Response गरी अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा सम्पुर्ण प्रहरी कर्मचारीहरु इमान्दारी पुर्वक लागि पर्न निर्देशन दिनु भयो ।

निर्देशनकै क्रममा वहाँले आफ्नो एरियाको परिवेश अनुसार मदिरा जन्य चिजबस्तुलाई कन्ट्रोल गर्ने तथा लागु औषधलाई पुर्ण रुपमा नियन्त्रण गरी फरार अभियुक्तहरुलाई पक्राउ गर्न बिशेष रुपमा प्रहरी सक्रियताका साथ लाग्ने र मातहत कार्यालयहरुले आफ्नो एरिया प्रहरी-समुदाय साझेदारी कार्यक्रम अनुरुप बिभिन्न सचेतनामुलक कार्यक्रम गरी जाहेर गर्न निर्देशन दिनु भएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »