सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

चार दिनअघि घरबाट निस्किएका थिए, बबईमा मृत फेला परे

काठमाडौं । चार दिनदेखि बेपत्ता रहेका दाङको तुलसीपुरका एक वृद्ध मृत फेला परेका छन्।

तुलसीपुर उपमहानगरपालिका १० राइखलियाका ७३ वर्षीय रामजी चौधरी तुलसीपुर ११ मोतिपुर नजिकको बबई नदीमा मृत अवस्थामा फेला परेका हुन्।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सूर्य राना मगरका अनुसार चौधरी माघ २६ गते घरबाट निस्किएका थिए।

खोजतलास गर्दै जाने क्रममा रामजीका छोरा भागिराम चौधरीले बुधबार बिहान ११ बजेतिर बुवालाई बबई नदीमा डुबेको अवस्थामा फेला पारेका थिए।

घटनाबारे थप अनुसन्धान हुन बाँकी रहेको प्रहरीले जनाएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »