सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बसन्तपुरमा ३१ वर्षीय युवकको हत्या, १८ वर्ष मुनिका २ जना पक्राउ

काठमाडौं। काठमाडौंमा एक युवकको हत्या भएको छ ।

हनुमानढोकास्थित सानो पशुपतिनाथ मन्दिर अगाडि अन्दाजी ३१ वर्षीय युवकको हत्या भएको हो। उनको पहिचान खुल्न सकेको छैन । हत्या आरोपमा दुईजना युवक पक्राउ परेका छन् । उनीहरूको उमेर १८ वर्षभन्दा कम छ ।

उनीहरू हत्या स्वीकार गरेका बताइएको छ । झगडाका क्रममा उनीहरूले युवकको टाउकोमा बाँसले हानेको बयान दिएका छन् । थप अनुसन्धान भइरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »