सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपालकाे नेतृत्वले भारतसंगकाे सम्बन्ध विश्वासिलाे बनाउनुपर्छ : मुख्यमन्त्री याेेगी आदित्यनाथ

अंकुश श्रीवास्तव
कपिलवस्तु , उत्तरप्रदेश मुख्यमन्त्री याेगी आदित्यनाथले नेपाल-भारतकाे सम्बन्धलाई विश्वासिलाे बनाउनमा जाेड दिनुभएकाे छ ।

आज भारतकाे प्रसिद्ध धार्मिक स्थल देवी पाटन तुल्सीपुरमा नेपालका नेताहरुसंगकाे अनाैपचारिक भेटघाटमा मुख्यमन्त्री अदित्यनाथले नेपालले भारतसंगकाे सम्बन्ध विश्वासिलाे बनाउन जरुरी रहेकाे बताउनुभयाे ।

मधेश प्रदेश का मुख्यमन्त्री सतिश सिंह , लुम्बिनी प्रदेशका पुर्व मुख्यमन्त्री डिल्ली बहादुर चाैधरी ,पुर्वमन्त्री सिके गुप्ता , पुर्व सांसद अभिषेक प्रताप शाह लगायत नेतासंगकाे भेटघाटमा मुख्यमन्त्री अदित्यनाथले भारतकाे बढ्दाे बिकासक्रमबाट नेपालका नेतृत्व पंक्तिले फाइदा लिनुपर्नेमा जाेड दिनु भएकाे थियाे ।

उनले भारत र नेपालकाे सम्बन्ध विश्वासिलाे बनाउन सबैले आ-आफ्नाे स्तरबाट भुमिका खेल्नुपर्ने बताउनुभयाे । केही समयदेखि दुई असल छिमेकी बीचकाे सम्बन्धमा बढेकाे अविश्वासनियतालाई कम गर्ने वातावरण बनाउनु जरुरी रहेकाे मुख्यमन्त्री आदित्यनाथले सुझाव दिनुभएकाे थियाे ।

भेटघाटकै क्रममा मधेश प्रदेशका मुख्यमन्त्री सतिश सिंहले मुख्यमन्त्री आदित्यनाथलाई जानकी मान्दिरकाे तस्बिर मायाकाे चिनाेका रुपमा हस्तान्तरण गर्नुभएकाे थियाे ।

नेपाल -भारतबीचकाे सम्बन्ध सुधार गर्न नेतृत्व स्तरबाटै इमान्दार भई देशकाे हकहित संरक्षण गर्दै आर्थिक , सामाजिक , सांस्कृतिक क्षेत्रकाे बिकासमा सहयाेग लिन सक्ने पुर्व सांसद अभिषेक प्रताप शाहकाे बुझाई छ । उनले भारतसंगकाे सहकार्यले विग्रेकाे अर्थतन्त्र सुधार गर्न सकिने बताउनुभयाे ।

भर्खरै

सम्बन्धित खबर

Language »