सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

राप्रपा उपाध्यक्ष मिश्र र महामन्त्री जबरालाई अदालतमा उपस्थित गराइयो

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवल शमशेर जबरालाई अदालतमा उपस्थित गराइएको छ।

आइतबार म्याद थप गर्नका लागि काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराइएको हो। चैत्र १५ गते तीनकुनेमा आन्दोलनकारीहरूलाई उक्साएर घटना गराएको आरोपमा पक्राउ गरी म्याद थप गर्नका लागि अदालतमा लगिएको हो।

आइतबार नै प्रहरीले म्याद थपका लागि सरकारी वकीलको कार्यालय पुर्‍याएको थियो। त्यसपछि जिल्ला अदालतमा लगेर म्याद थपको प्रक्रिया अघि बढाइएको हो। चैत्र १५ गते तीनकुनेमा भएको राजावादीको प्रदर्शनमा दुवै नेताले हिंसा भड्काएको आरोप छ। (गोरखापत्र अनलाइन)

भर्खरै

सम्बन्धित खबर

Language »