सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

हुम्लाकाे नाम्खामा पुग्याे राहत सामग्री

काठमाडौं । हिमताल फुटेर आएकाे बाढी/ पहिरोबाट प्रभावित हुम्लाकाे नाम्खा गाउँपालिका-६, तिलगाउँमा राहत सामग्री पठाइएकाे छ।

‎हुम्लाका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जिल्ला विपद् व्यवस्थापन समितिबाट चामल लगायतका राहत सामग्रीहरू पठाइएकाे जानकारी दिए।

‎उनका अनुसार १० क्विन्टल चामल, १०० लिटर तिल, दुई क्विन्टल नुन, दुई क्विन्टल चिनी, ३० क्विन्टल मैदा, १/१ क्विन्टल भुजा, चिउरा, १० पाेकेट चिया पठाइएकाे छ।

‎यस्तै आलु, सागसब्जी, साबुनदेखि औषधीहरू पठाइएको उनले बताए।

‎‎चारवटा त्रिपाल र १० बाेरा सिमेन्ट पनि पठाइएको छ।

‘सिमीकाेटबाट हामीले गाडीमा सामान पठाएकाे हाे, सामान पुगिसकेकाे छ,’ उनले भने।

‎तिलगाउँमा बाढी/ पहिराका कारण १८ वटा घरधुरी प्रभावित छन्। ‎गाउँ नजिक पहिराे पुग्दा बस्ती नै जाेखिममा परेकाले तिलगाउँबासी खाेलापारी फाँटमा बसिरहेका छन्।

‎बाढी/पहिराेले बिजुली बत्ती, खानेपानी, सिँचाइ, पुलपुलेसा लगायत सार्वजनिक पूर्वाधारमा क्षति भएकाे थियाे।

राष्ट्रिय विपद् जाेखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत दिनेश भट्टले राहत सामग्रीका साथै विज्ञकाे टाेली हुम्ला पुगेकाे बताए।

उनका अनुसार घटनाकाे अध्ययनका लागि वरिष्ठ डिभिजन इन्जिनियर सुशीलकुमार श्रेष्ठ, भूगर्भविद् शिवप्रसाद बास्ताेला, माैसमविद् साैहाद्र जाेशीसहित विपद् प्राधिकरणकाे टाेली हुम्ला पुगेकाे छ।

भर्खरै

सम्बन्धित खबर

Language »