काठमाडौं / “अनेक दान एक समान — कथा र पुराणमा दान र द्रव्यभन्दा पनि भाव चढाऔं” भन्ने मूल मन्त्रका साथ विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिको आयोजनामा साउन १ गतेदेखि सुरु भएको ‘श्रीपशुपतिनाथ माहात्म्य तथा महाअनुष्ठान २०८२’ अहिले धर्म, आस्था र सेवा मिसिएको अद्वितीय आयोजनाको रूपमा अगाडि बढिरहेको छ यस्का अायाे जक सागर थापा भन्छन् यज्ञ लगाउ धर्म कमाउ धर्मको नाम मा मागिखाने भाडाे नबनाउ थापा थप्छन् धर्म, सेवा र समर्पणको संगम भक्तजन भन्छन्: ‘हामीलाई भगवानले राम्रो ठाउँमा बोलाउनु भयो’ पवित्र श्रावण महिनाभरि पशुपतिनाथ क्षेत्रको भुवनेश्वरी–नाशलचोक परिसरमा सञ्चालन भइरहेको यस अनुपम कार्यक्रममा धार्मिक कथा वाचनसँगै निःशुल्क स्वास्थ्य शिविर पनि जारी छ।
कथा वाचनमार्फत आध्यात्मिक ऊर्जा विस्तार अनुष्ठान अन्तर्गत शिव महापुराण, श्रीमद्भागवत, श्रीराम कथा, श्रीमद्देवी भागवत, नेपाल माहात्म्य, श्रीरामायण चरित्रगाथा लगायतका पवित्र ग्रन्थहरूको वाचन हुँदैछ। कार्यक्रममा ९ वर्षीया दिपसन सापकोटा, १५ वर्षीया देवी अभियान, योगमाया सखी जेरी लगायतका प्रतिभाशाली बाल वाचकहरूको उपस्थिति रहेको छ, जसले श्रद्धालुहरूलाई थप आध्यात्मिक अनुभूति प्रदान गरेका छन्।
शिविरमा पाँच अस्पतालको सेवा — भक्तजन गदगद धार्मिक अनुष्ठानसँगै सञ्चालित निःशुल्क स्वास्थ्य शिविरमा हालसम्म ५ वटा प्रतिष्ठित अस्पतालहरू सहभागिता जनाइसकेका छन्: ॐ समाज डेन्टल अस्पताल स्तुपा अस्पताल बिपि स्मृति अस्पताल ईशान महिला तथा बाल अस्पताल ग्रीन सिटी अस्पताल शिविरमा दन्त, स्त्रीरोग, बालरोग, मधुमेह, रक्तचाप परीक्षण, सामान्य चिकित्सा तथा औषधि वितरण सेवा निःशुल्क रूपमा प्रदान गरिँदैछ।
एक वृद्ध भक्तजन भन्छन्, “हामीलाई भगवानले साच्चिकै राम्रो ठाउँमा बोलाउनु भयो। अब कथा पनि सुनियो, स्वास्थ्य परीक्षण पनि पाइयो। यस्तो सेवा शहरमा त कतै पाइँदैन!” कार्यक्रमकी उद्घोषिका स्मारिका बोहरा भन्छिन्, “तीन दिन बिपि स्मृति अस्पतालले जुन समर्पणका साथ सेवा गर्यो, त्यो देखेर मलाई लाग्यो — अस्पतालहरू केवल कमाउने संस्थामात्र होइनन्, सेवा पनि गर्न सक्छन्।”उनले थप भनिन्, “मैले सोधेँ, यति धेरै अस्पतालहरूलाई यहाँ ल्याएर सेवा गराउनु कसरी सम्भव भयो?
पत्रकार तथा अभियन्ता राजन थापाले भने — अहिले मसँग ५ वटा अस्पताल छन्, सबैलाई अवसर दिन्छु। सेवा नै मेरो धर्म हो।” कार्यक्रमका संयोजक तथा समन्वयकर्ता राजन थापा भन्छन्, “कसैले सोध्छन् — के तपाईं अस्पतालहरूबाट पैसा लिन्छौं? म भन्छु — म कुनै शुल्क लिँदिन। अस्पतालहरूलाई सेवा गर्ने मौका दिन्छु, म यो अभियानलाई प्रचारको हैन, मानव सेवाको कर्मभूमि मान्छु।
पत्रकार सामाजिक अभियानता ”राजन थापा हाल तारकेश्वर क्लब 60 का अध्यक्ष पनि हुन्। उनी लामो समयदेखि निःशुल्क स्वास्थ्य शिविर, विपद् राहत, र जनकल्याणकारी काममा समर्पित छन्। “श्रीपशुपतिनाथ महाअनुष्ठान २०८२” ले धर्म, सेवा र संस्कारको त्रिवेणी प्रस्तुत गरेको छ।
राजन थापा र सहयोगी संस्थाहरूको पहलमा भक्तजनले कथा, कृतज्ञता र उपचार तीनै कुरा एउटै थलोमा पाएका छन् — जुन आजको समाजका लागि अनुकरणीय दृष्टान्त हो।









