सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न ट्रमा पुगिन् प्रधानमन्त्री कार्की

काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएकाहरूलाई भेट्न नवनियुक्त प्रधानमन्त्री सुशीला कार्की काठमाडौंको ट्रमा सेन्टर पुगेकी छन्।

भदौ २३ र २४ गते भएको आन्दोलन क्रममा घाइते भएकाहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। कोही घाइतेको ट्रमा सेन्टरमा, कसैको सिभिल अस्पताल र कोहीको टिचिङ अस्पतालमा उपचार भइरहेको छ।

शुक्रबार राति प्रधानमन्त्रीमा कार्की नियुक्त भएकी थिइन्।

जेन-जी प्रदर्शनको क्रममा ज्यान गुमाउनेको संख्या ५१ पुगेको छ भने ४ सयभन्दा बढी घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »