सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

होटल ब्यवसायी संघ बाँके नेपालगन्जले पायो नयाँ नेतृत्व, अध्यक्षमा भिमलाल कंडेल निर्वाचित

नेपालगन्ज, बाँकेका होटल तथा रेष्टुरेन्ट ब्यवसायीहरुको छाता संगठनका रुपमा रहेको होटल ब्यवसायी संघ बाँके, नेपालगन्जमा नयाँ नेतृत्व आएको छ । संघको ११ औं जिल्ला अधिवेशनले नयाँ नेतृत्व सर्वसम्मत रुपमा निर्वाचित गरेको हो ।

संघको अध्यक्षमा भिमलाल कंडेल निर्वाचित भएका छन् । कंडेल संघको पुर्वअध्यक्ष हुन् । यही भदौं २१ गते अधिवेशन उद्घाटन गरिएको थियो । संघको बन्द शत्रले नयाँ कार्यसमिति पदाधिकारी निर्विरोध रुपमा निर्वाचित गरेको हो ।

संघको वरिष्ठ उपाध्यक्षमा घनश्याम थापा, उपाध्यक्षमा विष्णुप्रसाद पोख्रेल, उपाध्यक्ष(महिला) मा विष्णु शाही, महासचिवमा प्रेमबहादुर शाह, सचिवमा थुमबहादुर क्षेत्री, कोषाध्यक्षमा एकराज पाण्डेय र सह-कोषाध्यक्षमा घनश्याम शर्मा निर्वाचित भएको निर्वाचन अधिकृत एवम् अधिवक्ता बसन्त गौतमले जानकारी दिए ।


यसैगरी सदस्यहरुमा अतुलकुमार गुप्ता, राजकुमार बि.क., मेघबहादुर गुरुङ, कुलबहादुर कार्की तथा सदस्य (महिला) मा गिता सुवेदी र कल्पना भण्डारी निर्वाचित भएका छन् । संघको कार्यसमितिमा बाँकी तीन जना सदस्य पछि मनोनित गरिने निर्वाचन अधिकृत गौतमले बताए ।

नवनिर्वाचित अध्यक्ष कंडेलले देशको पछिल्लो राजनीतिक घटनाक्रमले होटल ब्यवसाय क्षेत्र चिन्तित बनेको बताए । चुनौतीलाई चिरेर ब्यवसायलाई अगाडी बढाउने उनको भनाई छ । ‘समाजमा भिज्ने र बुझ्ने गरी हामी आफ्नो ब्यवसायमा लाग्नेछौं,’ उनले भने ‘सबैको राय, सुझाव सल्लाह अनुसार संघलाई अगाडी बढाउनेछु ।’

संघलाई सबै धर्म, समुदाय र बिचार समुहको साझा संस्थाको रुपमा विकास गर्दै लगिने पनि कंडेलले बताए । संघका नवनिर्वाचित कार्यसमिति पदाधिकारीलाई औपचारिक रुपमा प्रमाणपत्र वितरण तथा पद हस्तान्तरण गरिने निर्वतमान अध्यक्ष रंगबहादुर खड्काले जानकारी दिएका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »