सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सुन र चाँदीको मूल्यमा रेकर्ड

काठमाडौं । सुनको भाउमा मंगलबार फेरि नयाँ रेकर्ड बनेको छ ।

अघिल्लो दिनको तुलनामा सुन तोलामा १ हजार ९ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख १७ हजार १ सय रुपैयाँ तोकेको छ ।

अघिल्लो दिन २ लाख १५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । यसअघि गत शुक्रबार हालसम्मकै उच्च २ लाख १५ हजार ८ सय रुपैयाँको रेकर्ड बनेको थियो ।

चाँदीको भाउमा पनि नयाँ रेकर्ड बनेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदी तोलामा २ हजार ५९५ रुपैयाँ पुगेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »