सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेनजी आन्दोलनमा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु

काठमाडौं । जेनजी आन्दोलनको क्रममा घाइते भएका थप एक जनाको उपचारको क्रममा मृत्यु भएको छ।

नुवाकोट पञ्चकन्या गाउँपालिका-२ का ३६ वर्षीय लक्ष्मण राईको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले जानकारी दिए।

उनको ट्रमा सेन्टरमा उपचार भइरहेको थियो।

भदौ २४ गते जेनजी आन्दोलनको क्रममा उनलाई टाउकोमा गोली लागेर घाइते भएका थिए।

उपचारका लागि ट्रमा सेन्टरको आइसियूमा राखिएको थियो।

त्यहाँ उपचारको क्रममा आइतबार मृत्यु भएको हो।

योसँगै मृतकको संख्या ७६ पुगेको छ। 

भर्खरै

सम्बन्धित खबर

Language »