सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

संरक्षित वन्यजन्तु सालकको खपटा र छाला जस्तो देखिने आखेटोपहार सहित दुई जना पक्राउ

काठमाडौं। तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट २ किलोग्राम तौलको संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छाला सहितको खपटा जस्तो देखिने आखेटोपहार २ थान सहित २ जनालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरूमा नुवाकोट ककनी गाउँपालिका-३ बस्ने २१ वर्षीय लिजोङ्ग तामाङ र बेलकोटगढी नगरपालिका-१ बस्ने  ३९ वर्षीय श्याम ढुंगाना रहेका छन् । केन्द्रीय अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त आखेटोपहार सहित पक्राउ गरेको हो । 

उनीहरूलाई आवश्यक अनुसन्धान  तथा कारवाहीको लागि डिभिजन वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ । 

भर्खरै

सम्बन्धित खबर

Language »