सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अवैध लागूऔषध ब्राउनसुगर सहित एक जना पक्राउ

काठमाडौं । कैलाली धनगढी उपमहानगरपालिका-२ ब्यारेल नजिकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ २ सय १० मिलिग्राम सहित सोही ठाउँ बस्ने बझाङ मष्टा गाउँपालिका-४ घर भएका २० वर्षीय बिबेक उपाध्यायलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको  छ । 

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय कैलाली समेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थ सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »