सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकम दुई खर्ब ६४ अर्ब बढी

चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना (साउनदेखि असोज) सम्म मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकम दुई खर्ब ६४ अर्ब रूपैयाँले बढी भएको छ। 

यसलाई भुक्तानी सन्तुलन तथा शोधानान्तर बचत समेत भनिन्छ। 

आर्थिक वर्ष २०८१/८२ को तीन महिनामा मुलुकबाट बाहिरिनेभन्दा भित्रने रकम एक खर्ब ८४ अर्ब रूपैयाँले बढी थियो। 

मुलुकले गर्ने आम्दानी, विदेशी सहायता, प्रत्यक्ष वैदेशिक लगानी लगायत सबै गरेर बाहिरिने रकम भन्दा भित्रने रकम धेरै भएको हो। 

आर्थिक वर्ष २०७८/७९ को असोजदेखि मुलुक भुक्तानी सन्तुलनमा आउन थालेको हो। 

रेमिटेन्समा भइरहेको वृद्धि, पर्यटक आगमनबाट बढेको आम्दानी, प्रत्यक्ष वैदेशिक लगानीमा भएको सुधार लगायतले मुलुकको आम्दानी बढेको छ। 

यसको अनुपातमा आयातमा सामान्य मात्रै सुधार देखिएको कारण पनि भुक्तानी सन्तुलन देखिएको हो। 

आयात बढेपनि चालु खाता दुई खर्ब ३७ अर्ब रूपैयाँ नाफामै छ। गत आर्थिक वर्षको यो अवधिमा भने नाफा एक खर्ब १५ अर्ब रूपैयाँ थियो। 

वार्षिक आधारमा सात वर्षपछि आर्थिक वर्ष २०७९/८० बाट मुलुकको चालु खाता नाफामा देखिन थालेको हो। यस्तो खाता आर्थिक वर्ष २०७३/७४ देखि नोक्सानमा रहँदै आएको थियो। चालु खातालाई मुलुकको खुद आम्दानीको रूपमा समेत हेरिन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »