मिराज ढुंगाना नेतृत्वको जेनजी समूह ‘गरिखान देऊ’ले प्रदर्शन गरेको छ।
सोमबार काठमाडौंको माइतीघर मण्डलमा ढुंगाना सहित उपस्थित भएका समूहले प्रदर्शन गरेको हो।
‘गरिखान देऊ’ले विभिन्न ७ वटा माग राखेर प्रदर्शन गरेको हो।
उसले अहिलेसम्मका सबै भ्रष्टाचार प्रकरणको छानबिन गर्नुपर्ने, प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्रीको निर्वाचन गर्नुपर्ने, विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको व्यवस्था गर्नुपर्ने, जेनजी विद्रोहलाई तत्काल राजनीतिक आन्दोलन घोषणा गर्नुपर्ने, सहिद परिवार र घाइतेको उचित व्यवस्थापन गर्नुपर्ने, भदौ २३ र २४ गते भएको घटनाको दोषीलाई कारबाही गर्नुपर्ने र प्रदेश सरकारको पुनर्संरचना गर्नुपर्ने माग राखेको छ।
प्रदर्शनका लागि युवाहरू माइतघर पुगेपछि त्यहाँ तैनाथ प्रहरीले अनुमति नभएकाहरूलाई प्रदर्शन नगर्न आग्रह गर्दै माइकिङ गरेको थियो।








