सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सबै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिन्छौं- रेशमलाल चौधरी

रेशमलाल चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टी, नेपालले आसन्न प्रतिनिधि सभा निर्वाचनमा सबै क्षेत्रमा उम्मेदवारी दिने भएको छ। 

सोमबार पार्टीको तर्फबाट समानुपातिक तर्फको सांसदहरूको बन्दसूची बुझाउन निर्वाचन आयोग पुगेका उनले सञ्चारकर्मीमाझ सो कुरा बताएका हुन्।

उनले नागरिक उन्मुक्ति पार्टी लगायतका पार्टीहरूसँग गठबन्धन गरेर निर्वाचनमा प्रत्यक्षतर्फ सबै क्षेत्रबाट उम्मेदवारी दिने स्पष्ट पारे।

सो पार्टीका संरक्षक चौधरीले समानुपातिक बन्द सूचीमा पनि आफूले देशका सबै भूगोललाई समेटर उम्मेदवार बनाएको पनि जानकारी दिए।

उनले भने, ‘हामीले कास्कीबाट, पर्वतबाट, लमजुङबाट, रूकुमबाट, रोल्पाबाट, कालिकोट, दैलेखबाट, डोल्पाबाट हामी धेरै टाढा पुगेका छौँ। यद्यपि नाउपा, नेपालसँग हाम्रो गठबन्धन छ। यसले सबै निर्वाचन क्षेत्रबाट उम्मेवार उठाउँछ।’

त्यस अवसरमा संरक्षक चौधरीले निर्वाचनमा आउने परिणाम भने मतदाताको छनोटमा भरपर्ने बताए। –न्युज एजेन्सी नेपाल

भर्खरै

सम्बन्धित खबर

Language »