सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

तीन लाख नाघ्यो सुनको मूल्य

नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। 

लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

यसअघि बुधबार पनि सुन हालसम्मकै उच्च विन्दुमा पुगेको थियो।

उक्त दिन सुन प्रतितोला दुई लाख ९५ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो। 

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार चार सय रूपैयाँ पुगेको छ।

यो मूल्य अघिल्लो रेकर्डभन्दा प्रतितोला ६ हजार तीन सय रूपैयाँ महँगो हो।

बिहीबार भने सुन प्रतितोला दुई लाख ९२ हजार दुई सय रूपैयाँमा किनबेच भएको थियो।

बिहीबारको तुलनामा शुक्रबार भने सुन प्रतितेला नौ हजार दुई सय रूपैयाँ बढेको हो।

यस्तै, शुक्रबार चाँदीको मूल्य पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। 

बिहीबार तोलामा पाँच हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार ६ हजार एक सय ९० रूपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय २० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस ४ हजार चार सय ९७ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

भर्खरै

सम्बन्धित खबर

Language »