नेपालगन्ज , बाँके क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट चुनावी प्रचारप्रसारलाई तीव्र बनाउँदै जनताको घर–आँगनसम्म पुगिरहनुभएको छ।

टोल–टोल, गल्ली–गल्लीमा पुगेर उहाँले सर्वसाधारणका समस्या सुन्ने मात्र होइन, समाधानका लागि स्पष्ट प्रतिबद्धता पनि व्यक्त गरिरहनुभएको छ। घरदैलो अभियानका क्रममा उम्मेदवार बिष्टले सडक, खानेपानी, ढल, शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत मुद्दालाई प्राथमिकतामा राख्नुभएको छ।
स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उहाँले “राजनीति भाषणका लागि होइन, जनताको जीवन सहज बनाउनका लागि हुनुपर्छ” भन्ने धारणा दोहोर्याउनुभयो। युवा, मजदुर, साना व्यापारीदेखि जेष्ठ नागरिकसम्मसँगको भेटघाटमा बिष्टले सबैको कुरा ध्यानपूर्वक सुन्दै आफू जनताको प्रतिनिधि भएर संसद्मा पुग्ने लक्ष्यमा रहेको बताउनुभयो।
उहाँको सरल व्यवहार, सुन्ने क्षमता र कामप्रति देखिएको प्रतिबद्धताले मतदातामा सकारात्मक सन्देश प्रवाह गरेको देखिन्छ। स्थानीयवासीहरूका अनुसार दिपेन्द्र बिष्टको उपस्थितिले चुनावी माहोल मात्र होइन, परिवर्तनप्रतिको आशा पनि जगाएको छ।
“नेता हामीकहाँ आएर कुरा सुन्ने र समस्या बुझ्ने हो भने विश्वास आफैँ पैदा हुन्छ,” भन्ने आवाज घरदैलो अभियानमा बारम्बार सुनिन्थ्यो। बाँके क्षेत्र नं. २ मा चुनावी प्रतिस्पर्धा चर्किंदै जाँदा दिपेन्द्र बिष्टको जनमुखी शैली र सक्रियताले मतदाताको ध्यान तान्दै गएको छ। जनताको बीचमा उभिएर, जनताकै आवाज बोकेर अघि बढ्ने उहाँको यात्राले चुनावी परिणामलाई प्रभाव पार्ने अपेक्षा गरिएको छ।








