सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

एकैदिन तोलामा साढे १४ हजारले बढ्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ह्वात्तै बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुनको मूल्य प्रतितोला १४ हजार ४०० रुपैयाँले बढेको हो ।

आजको मूल्यअनुसार उपभोक्ताले एक तोला सुन किन्न तीन लाख चार हजार ७०० रुपैयाँ खर्चिनुपर्नेछ । हिजो दुई लाख ९० हजार ३०० रुपैयाँ थियो ।

त्यसैगरी, चाँदी तोलामा २६५ रुपैयाँले बढेर पाँच हजार ६०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला पाँच हजार ३३५ रुपैयाँ थियो ।

facebook sharing button

भर्खरै

सम्बन्धित खबर

Language »