सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता

काठमाडौं । बर्दिया राष्ट्रिय निकुञ्जमा पाँचजना युवक बेपत्ता भएका छन् ।

सिकार खेल्न गएका सुर्खेतका ५ जना युवक सम्पर्कविहीन भएका प्रहरीले जानकारी दिएको हो । उनीहरू गत फागुन २३ गते सिकार खेल्न गएका थिए ।

प्रहरीका अनुसार बेपत्ता हुनेमा बराहताल गाउँपालिका-१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रविलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ती, ३० वर्षीय सुनिल समसेली र लेकवेशी नगरपालिका-८ गंगटे घर भई हाल बर्दिया बस्ने ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन् ।

उनीहरू बेपत्ता भएको खबर ढिलोगरी आइतबार राति मात्रै प्रहरीले पाएको थियो ।

उनीहरूको खोजी थालिएको छ ।

facebook sharing button

भर्खरै

सम्बन्धित खबर

Language »