काठमाडौं । धरान उपमहानगरपालिका-१३ आँपगाछीस्थित सडकबाट अवैध लागूऔषध गाँजा ५९ किलोग्राम सहित ३ जनालाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत बिहार सुपौल बलुवा बजार-६ बस्ने २२ वर्षीय सुबोध कुमार, सुपौल बलुवा बजार-२ बस्ने २२ वर्षीय रोहित कुमार र सुपौल बजार-१ बस्ने ४० वर्षीय मोहमद जमशेर रहेका छन् ।
इलाका प्रहरी कार्यालय धरान समेतबाट खटिएको प्रहरीले भेडेटारबाट धरानतर्फ आउँदै गरेको बिआर १० पिबि २२४१ नम्बरको स्कार्पियोमा सवार उनीहरूलाई उक्त गाँजा सहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।








