सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

ग्ल्यामर र सौन्दर्यको नयाँ गन्तव्य बन्यो सामाखुशी : सिटी स्क्वायर मलमा ‘ओएसिस’को भव्य सुरुवात

काठमाडौं । राजधानीको सामाखुशीस्थित सिटी स्क्वायर मल अहिले नयाँ आकर्षणको केन्द्र बनेको छ । सौन्दर्य, स्टाइल र आधुनिक सेवाको संयोजनसहित “ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा” औपचारिक रूपमा सञ्चालनमा आएपछि त्यहाँ आउने सेवाग्राहीमा उत्साह थपिएको छ ।

शनिबार आयोजित भव्य उद्घाटन समारोहमा नेपाली चलचित्रकी चर्चित अभिनेत्री Karishma Manandhar ले रिविन काट्दै सैलुनको शुभारम्भ गरेकी हुन् । कार्यक्रममा बोल्दै उनले नेपाली सौन्दर्य क्षेत्रमा आधुनिक सेवा र दक्ष जनशक्तिको आवश्यकता बढिरहेको उल्लेख गर्दै ओएसिसले ग्राहकलाई नयाँ अनुभव दिने विश्वास व्यक्त गरिन् । साथै उनले सञ्चालक सुशीला थापालाई सफल व्यवसायिक यात्राको शुभकामना समेत दिइन् ।

लामो समयदेखि सौन्दर्य क्षेत्रमा सक्रिय रहँदै आएकी व्यवसायी सुशीला थापाले आफ्नो अनुभव, मेहनत र सेवाप्रतिको प्रतिबद्धतालाई नयाँ रूप दिँदै ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा सञ्चालनमा ल्याएकी हुन् । उनका अनुसार ग्राहकलाई अन्तर्राष्ट्रिय स्तरको सेवा दिने उद्देश्यले अत्याधुनिक प्रविधि, सुविधासम्पन्न उपकरण र दक्ष जनशक्तिको व्यवस्थापन गरिएको छ ।

सैलुनमा मेनिक्योर, पेडिक्योर, वाक्सिङ, फेसियल, स्पा, हेयर डिजाइन, हेयर कलर, हेयर ट्रीटमेन्ट, आइलेस एक्सटेन्सन, रिफ्लेक्सोलोजी, नेल आर्ट लगायतका सेवा उपलब्ध रहेका छन् । अनुभवी व्युटिसियन तथा हेयर डिजाइनरमार्फत सेवा दिइने भएकाले सेवाग्राहीले गुणस्तरीय र सुरक्षित अनुभव प्राप्त गर्ने सञ्चालक थापाको दाबी छ ।

विशेषगरी पछिल्लो समय युवापुस्तामाझ बढ्दो सौन्दर्य सचेतनालाई मध्यनजर गर्दै ओएसिसले आधुनिक फेसन ट्रेन्ड, व्यक्तिगत सौन्दर्य परामर्श र रिल्याक्सेसन सेवा समेत उपलब्ध गराउने जनाएको छ ।

सामाखुशी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको सेवा दिने उद्देश्यसहित सञ्चालनमा आएको ओएसिस युनिसेक्स सैलुन एण्ड स्पा अब सौन्दर्यप्रेमीहरूको नयाँ रोजाइ बन्ने अपेक्षा गरिएको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »