सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सपनाको नयाँ आकाश बन्दै सान इन्टरनेशनल कलेज : १०० प्रतिशत छात्रवृत्तिसहित हजारौँ विद्यार्थीको भविष्य उज्यालो बनाउने अभियान

काठमाडौं । शिक्षा केवल प्रमाणपत्र हासिल गर्ने माध्यम होइन, भविष्य निर्माण गर्ने आधार हो । यही विश्वासलाई आत्मसात गर्दै राजधानीको चन्द्रागिरि–१४, नैकापमा नयाँ इतिहास रच्ने तयारीमा छ सान इन्टरनेशनल कलेज । आधुनिक संरचना, प्रविधिमैत्री शिक्षण प्रणाली र विद्यार्थीमैत्री वातावरणसहित कलेजले निर्माण गरिरहेको अत्याधुनिक साततले भवन अहिले शिक्षा क्षेत्रमा चासो र आकर्षणको केन्द्र बन्दै गएको छ ।

नेपालकै अग्रणी शैक्षिक संस्थाका रूपमा परिचित सान इन्टरनेशनल कलेजले कक्षा ११ मा नयाँ भर्ना हुने सीमित संख्याका विद्यार्थीहरूका लागि १०० प्रतिशतसम्म छात्रवृत्तिको व्यवस्था गरेको घोषणा गरेपछि विद्यार्थी र अभिभावकमाझ उत्साह थपिएको छ । “आफ्नो भविष्यमा लगानी गर्ने यो अवसर नगुमाउनुहोस्” भन्ने सन्देशसहित कलेजले योग्य र प्रतिभावान विद्यार्थीलाई गुणस्तरीय शिक्षा पहुँचमा ल्याउने अभियान सुरु गरेको जनाएको छ ।

नैकापमा सञ्चालन भइरहेको कलेज अगाडि आफ्नै जग्गामा निर्माणाधीन भवन केवल इँटा र सिमेन्टको संरचना मात्र होइन, हजारौँ विद्यार्थीका सपना, अभिभावकका आशा र समाजको शैक्षिक भविष्य बोकेको महत्वाकांक्षी परियोजना बनेको छ । अन्डरग्राउण्डमा अत्याधुनिक पार्किङ र खेलकुद क्षेत्र, ग्राउण्ड फ्लोरमा आधुनिक ल्याब, लाइब्रेरी तथा सोधपुछ शाखा, पहिलो तलामा विशाल सभाहल, दोस्रोदेखि चौथो तलासम्म व्यवस्थित कक्षाकोठा र पाँचौँ तलामा फुटसल तथा क्यान्टिन रहने योजना सार्वजनिक गरिएको छ ।

कलेजका अध्यक्ष सुवास घिमिरे का अनुसार, सम्भवतः यही शैक्षिक सत्रदेखि नयाँ भवनबाट प्लस टु तहको अध्ययन–अध्यापन सञ्चालन गरिनेछ । उनले विद्यार्थीलाई केवल किताबको ज्ञान मात्र नभई व्यवहारिक, प्राविधिक र नेतृत्वदायी क्षमता विकास गर्ने वातावरण निर्माण गर्ने लक्ष्य रहेको बताए ।

सान इन्टरनेशनल कलेजले लामो समयदेखि प्लस टु तहदेखि स्नातक र स्नातकोत्तर तहसम्मका विभिन्न विषयमा अध्यापन गराउँदै आएको छ । अनुभवी शिक्षक–शिक्षिका, आधुनिक प्रयोगशाला, डिजिटल शिक्षण प्रणाली र संस्कारयुक्त वातावरणका कारण कलेजले छोटो समयमै विद्यार्थी तथा अभिभावकको विश्वास जित्न सफल भएको चर्चा शिक्षाक्षेत्रमा बढ्दो छ ।

केवल पढाइमा सीमित नभई अतिरिक्त क्रियाकलाप, नेतृत्व विकास तालिम, सेमिनार, अन्तरक्रिया तथा विभिन्न रचनात्मक कार्यक्रममार्फत विद्यार्थीलाई आत्मविश्वासी र सक्षम नागरिक बनाउने अभियानमा पनि कलेज सक्रिय देखिन्छ । यही कारण, सान इन्टरनेशनल कलेज अहिले चन्द्रागिरि क्षेत्र मात्र होइन, काठमाडौं उपत्यकाभर उच्च शिक्षाको भरोसायोग्य गन्तव्यको रूपमा उदाउँदै गएको शिक्षाविद्हरू बताउँछन् ।

नयाँ भवनको निर्माणसँगै सान इन्टरनेशनल कलेजले अब “सपना देखाउने” मात्र होइन, “सपना पूरा गराउने” अभियानलाई अझ व्यापक बनाउने संकेत दिएको छ । सीमित छात्रवृत्ति, अत्याधुनिक पूर्वाधार र गुणस्तरीय शिक्षाको संयोजनले अहिले हजारौँ विद्यार्थीको नजर सानतर्फ मोडिएको देखिन्छ ।

भर्खरै

सम्बन्धित खबर

Language »