सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

नेपाल एसियन गेम्समा छनोट 

काठमाडौं। नेपाली पुरुष क्रिकेट टोली एसियन गेम्समा छनोट भएको छ ।

सिंगापुरमा भइरहेको एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगितामा मलेसियाले मंगलबार चीनलाई ९ विकेटले पराजित गरेपछि जापानको आइची/नागोयामा अक्टोबरमा हुने एसियाली खेलकुदमा नेपाल छनोट भएको हो । 

पहिला ब्याटिङ गरेको चीनले ९ विकेट गुमाई ८४ रनमात्र बनाउन सकेको थियो, जवाफमा आएको मलेसियाले ८ ओभरभित्र आवश्यक रन बनाएको थियो । समूह ‘ए’ मा नेपाल र मलेसियाको २–२ अंक भयो ।

चीन दुवै खेलमा पराजित रहयो । नेपालले आइतबार कुशल भुर्तेलको १ सय २९ रनमा चीनलाई २ सय २१ रनले पराजित गरेको थियो । 

नेपालले बिहीबार मलेसियासँग खेल्ने छ । यो खेल जित्ने टोली समूह ‘ए’ को विजेता बन्ने छ । एसियन गेम्स पुरुष छनोट क्रिकेट प्रतियोगिताको शीर्ष चार टोली एसियन गेम्समा छनोट हुने प्रावधान रहेको छ ।

समूह ‘बी’ हङकङ र ओमानले सिंगापुर र बहराइनसँगको खेलमा विजय हात पारेका छन् ।

भर्खरै

सम्बन्धित खबर

Language »