सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

जेनजी आन्दोलनमा राष्ट्रपति कार्यालयबाट लुटिएको हात्तीको दाह्रासहित ५ जना पक्राउ

काठमाडौं । भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा राष्ट्रपति कार्यालय शीतल निवासबाट चोरी भएको हात्तीको दाह्रासहित ५ जना पक्राउ परेका छन् ।

हात्तीको दाह्रा बिक्री वितरण तथा सञ्चय गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली राजिब महर्जनको घरमा पुगेको थियो ।

पक्राउ पर्नेमा काठमाडौंको मनमैजु बस्ने राजिब महर्जन, गोरखाका टेकप्रसाद गुरूङ, बसन्तपुर बस्ने आयुष महर्जन, बैतडीका पुरन बोहरा र गोरखाकै सन्तबहादुर भुजेल छन्।

महर्जनको घरको खाली जग्गामा दात्तीका दाह्रा गाडेर राखेको अवस्थामा फेला परेको हो। उनको कोठामा ट्रामाडोल औषधि १५० वटा क्याप्सुल पनि फेला परेको छ ।

भर्खरै

सम्बन्धित खबर

Language »