सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

कानुनका अधिकृतहरूलाई मन्त्री गौतमको आग्रह– चुनौती र अवरोध पार गरेर जिम्मेवारी बहन गर्नू

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सबै चुनौती र अवरोध पार गरेर काम गर्नका लागि कानुनका अधिकृतहरूलाई आग्रह गरेकी छिन् ।

शुक्रबार ललितपुरमा आयोजित ‘कानुन अधिकृत सम्मेलन’ लाई सम्बोधन गर्ने क्रममा उनले राज्यले प्रदान गरेको महत्त्वपूर्ण जिम्मेवारी बहनमा न्याय गर्ने आशा आफूले राखेको अधिकृतहरूसँग उनले सुनाइन् ।

‘कानुन निर्माणमा विषयगत विज्ञता, लामो अनुभव र प्राविधिक ज्ञानसहितको कानुन समूहको जनशक्ति प्रत्येक मन्त्रालय तथा निकायका महत्त्वपूर्ण नीतिगत तथा कानुनी विषयमा निर्णायक भूमिका रहने गरेको अनुभूत गरेको छु,’ गौतमले भनेकी छिन् ।

आगामी दिनमा थप सकरात्मक सोच, समाधानमुखी दृष्टिकोण र नागरिकको सेवक भएर प्रस्तुत हुने आफूले ठानेको उनले बताइन् ।

साथै, न्यायपूर्ण समाज निर्माणका लागि हरेक नागरिकको पहुँच न्याय सुनिश्चित गर्नुपर्ने गौतमको भनाइ छ । लोकतान्त्रिक शासन प्रणालीलाई न्यायपूर्ण समाजले जीवन्त बनाउने उनले बताइन् ।

सबै नागरिकका लागि समान पहुँच सुनिश्चित गर्दै क्षतिपूर्तिसहितको न्याय प्रणाली विकास गर्ने नीति सरकारले बनाएको उनले बताइन् ।

कतिपय अप्ठेरा वा सानातिना उल्झनमा परेकै कारण जिम्मेवारीबाट पन्छिने छुट नभएको भन्दै कडा परिश्रमसहित काममा खटिन उनको आग्रह थियो ।

असल कानुनको निर्माण र त्यसको प्रभावकारी कार्यान्वयनबाट मात्र लोकतन्त्रलाई संस्थागत गर्न सकिने उनको भनाइ थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »