सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

अमेरिकाले रोक्का राखेको इरानी सम्पत्ति खाडी राष्ट्रलाई प्रयोग गर्न दिने!

इरानी आक्रमणबाट क्षति भएका खाडी राष्ट्रहरूको पुनर्निर्माणका लागि रोक्का भएको इरानी सम्पत्ति प्रयोग गर्नेबारे अमेरिकाले सोच्न थालेको छ।

अमेरिकाले सुरू गरेको युद्धका कारण खाडी क्षेत्रका मित्र राष्ट्रहरूमा परेको नकारात्मक असरलाई सीमित गर्न अमेरिकाले त्यसो गर्न लागेको भनेर फाइनान्सियल टाइम्सले लेखेको छ।

अमेरिका र इसराइलले फेब्रूअरी २८ मा इरानमाथि आक्रमण सुरू गरे पछि इरानले साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स (युएई), कुवेत, बहराइन लगायत खाडी राष्ट्रमा प्रहार गर्‍यो।

इरानको सो जबाफी हमलामा भएको क्षतिको भरपाइका लागि रोकिएको इरानी सम्पत्ति प्रयोग गर्नेबारे अमेरिकी अर्थ मन्त्री स्कट बेसेन्टले विचार गर्न थालेका छन्।

‘इरानद्वारा भविष्यमा पुर्‍याइने कुनै पनि क्षतिको मर्मत र पुनर्निर्माणमा हाम्रा खाडी सहयोगीहरूलाई सहयोग गर्न इरानी सम्पत्ति उपलब्ध गराउन मन्त्रालयले आफ्ना उपलब्ध सबै संयन्त्रहरू प्रयोग गर्नेछ,’ फाइनान्सियल टाइम्सले मन्त्रालयका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै लेखेको छ।

इरानसँगको युद्धका कारण अमेरिकाको खाडी राष्ट्रहरूसँगको सम्बन्धमा तनाव उत्पन्न भएको छ। अमेरिका र इरानबीच अप्रिल ७ मा युद्धविराम भए पनि अझै दुई देशबीच आक्रमण-प्रतिआक्रमण चलिरहेको छ। यो क्रममा इरानले खाडी राष्ट्रहरूमा अझै पनि प्रहार गरिरहेको छ।

अमेरिका र अमेरिकासँग राम्रो सम्बन्ध भएका विभिन्न देशमा इरानको लगभग एक खर्ब डलर बराबरको सम्पत्ति रोक्का गरिएको छ। युद्ध अन्त्य गर्नका लागि हाल चलिरहेको वार्तामा रोक्का गरेको सो सम्पत्तिको केही हिस्सा फुकुवा गर्नेबारे कुरा भइरहेको छ।

इरानले शान्ति सम्झौता नगरेर छिमेकीमाथि हमला गरिरहे रोक्का भएको सम्पत्ति ती राष्ट्रलाई प्रयोग गर्न दिने भनेर अमेरिकाले इरानलाई सम्झौता गर्न दबाब हालेको देखिन्छ।

भर्खरै

सम्बन्धित खबर

Language »