सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सभापति रवि लामिछानेले नै हालेनन् पदाधिकारीका लागि भोट

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत पदाधिकारी चयनका लागि भएको निर्वाचनमा पार्टी सभापति रवि लामिछाने स्वयं मतदान प्रक्रियामा सहभागी भएनन्।

उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि भएको मतदानमा लामिछाने अनुपस्थित रहेको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिएका छन्।

उनका अनुसार सभापति चितवनमै रहे पनि मतदानस्थलमा पुगेनन्। उनले किन मतदान गरेनन् भन्ने विषयमा भने कुनै आधिकारिक कारण सार्वजनिक गरिएको छैन।

यसअघि केन्द्रीय सदस्य चयनका लागि भएको निर्वाचनमा भने लामिछानेले मतदान गरेका थिए। उनी सभापति पदमा यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्।

भर्खरै

सम्बन्धित खबर

Language »