काठमाडौं। नेपाली समाजले वर्षौंदेखि भोग्दै आएको सुख, दुःख, संघर्ष, अभाव, त्याग र बदलिँदो समयको कठोर यथार्थलाई अत्यन्तै मार्मिक शैलीमा प्रस्तुत गरिएको नयाँ सांगीतिक–दृश्यात्मक कृति “ मेची महाकाली ” सार्वजनिक भएको छ। सिंह वीर बल तामाङ (Singh Bir Bal Tamang) को प्रस्तुतिमा निर्माण गरिएको यस कृतिले समाजका अनगिन्ती परिवारको वास्तविक कथालाई कलात्मक रूपमा उतारेको निर्माण पक्षले जनाएको छ।
सामाजिक यथार्थ, पारिवारिक पीडा, मानवीय संवेदना र समयसँगै बदलिएको जीवनशैलीलाई केन्द्रमा राखेर निर्माण गरिएको “ मेची महाकाली ”ले दर्शकको मन छुने मात्र होइन, आँखा रसाउने गरी भावनालाई स्पर्श गर्ने विश्वास गरिएको छ। जीवनको वास्तविक भोगाइलाई कुनै कृत्रिम आवरणबिना प्रस्तुत गरिएको यो कृतिले पुरानो पुस्ताको संघर्ष र नयाँ पुस्ताले भोगिरहेको पीडालाई एउटै कथामा सशक्त रूपमा उजागर गरेको छ।
निर्माण पक्षले सम्पूर्ण दर्शक तथा श्रोताहरूलाई कृति हेरेपछि आफ्नो अमूल्य प्रतिक्रिया दिन हार्दिक आग्रह गरेको छ। दर्शकको माया, साथ र सुझावले आगामी सिर्जनाहरूलाई अझ उत्कृष्ट बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिएको छ।
यस भावनात्मक प्रस्तुतिको निर्देशन सोम जीसी (Som GC) ले गरेका छन् भने बीना बल तामाङ (Bina Bal Tamang) र विवेक बल तामाङ (Bibek Bal Tamang) ले निर्माता रूपमा कृतिलाई साकार रूप दिएका छन्।
अभिनयतर्फ धनबहादुर तामाङ, बीके दोङ, याङचेन लामा, सिर्जना माझी, पासाङ लामा, एडिप कुलुङ, कमल मिश्र र विनोद गोले ले आ–आफ्नो भूमिकालाई जीवन्त बनाएका छन्। उनीहरूको स्वाभाविक अभिनयले कथालाई अझ प्रभावशाली बनाएको निर्माण पक्षको विश्वास छ।
गीतमा चर्चित गायिका मिना लामा को सुमधुर स्वर सुन्न सकिन्छ। गीतका शब्द तथा संगीत सिंह वीर बल तामाङ स्वयंले सिर्जना गरेका हुन्। संगीत संयोजन सञ्जय हमाल, सहनाई वादन समीर जैरु, रेकर्डिङ अनिश लिम्बु तथा मिक्सिङ–मास्टरिङ गोविन्द सोनी ले गरेका छन्। सम्पूर्ण रेकर्डिङ A Level Recording Studio मा सम्पन्न गरिएको हो।
यो गीत एक्टिभ ईन्टरटेनमेन्ट को अफिसीयल युट्युब च्यानल बाट सार्वजानिक गरिएको हो ।
प्राविधिक पक्षलाई पनि उत्तिकै मजबुत बनाइएको छ। मेकअप एडिप कुलुङ, कोरियोग्राफी दीपक तामाङ, प्रकाश व्यवस्थापन राम थापा, छायाङ्कन विनोद बल, सम्पादन तथा कलरिङ सञ्जय अधिकारी ले गरेका छन्। पोस्ट–प्रोडक्सनको सम्पूर्ण कार्य Vision Nepal Films ले सम्पन्न गरेको हो।
यस कृतिको निर्माण यात्रामा विशेष सहयोग पुर्याउने स्नेह वीर तामाङ प्रति निर्माण टिमले विशेष धन्यवाद व्यक्त गरेको छ।
जीवनको यथार्थलाई कलात्मक अभिव्यक्तिमार्फत प्रस्तुत गरिएको “ मेची महाकाली ” ले मनोरञ्जनसँगै समाजलाई सोच्न बाध्य पार्ने सन्देश बोकेको निर्माण पक्षको विश्वास छ। आफ्नै परिवार, गाउँ–समाज र जीवनका संघर्षहरूलाई पर्दामा देख्न चाहने हरेक दर्शकका लागि यो कृति विशेष बन्ने अपेक्षा गरिएको छ।








