सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

विपद्मा मानवीयता : त्री शक्ति डान्स एकेडेमीबाट रु. २५ हजार राहत सहयोग

काठमाडौ — भोटेकोशी क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि त्री शक्ति डान्स एकेडेमी, कपन भृकुटीचोकले सहयोगको हात बढाएको छ।

एकेडेमीका सञ्चालक दिपेश एस.के.ले विपद्का कारण पीडामा रहेका परिवारलाई राहत पुगोस् भन्ने उद्देश्यले प्रधानमन्त्री राहत कोषमा रु. २५ हजार सहयोग गरेका छन्।

उक्त सहयोग रकम सेप्टेम्बर ३, २०२६ मा अनलाइन माध्यमबाट प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको भुक्तानी विवरणमा उल्लेख छ। प्राप्त विवरणअनुसार रु. २५,००० रकम सफलतापूर्वक हस्तान्तरण भएको देखिन्छ।

विपद्को समयमा सानो–ठूलो सहयोगभन्दा पनि पीडितको दुःखमा साथ दिने भावना महत्वपूर्ण हुन्छ। यही मानवीय भावनासहित गरिएको यो सहयोगले बाढीपहिरो प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

दिपेश एस.के.को यो पहलले ‘संकटको घडीमा पीडितको साथमा उभिनुपर्छ’ भन्ने मानवीय सन्देश दिएको छ। समाजमा रहेका अन्य व्यक्ति, संस्था तथा व्यवसायीलाई समेत विपद्का बेला आफ्नो क्षमताअनुसार सहयोग गर्न यस प्रकारका पहलले प्रेरणा दिने विश्वास गरिएको छ।

भर्खरै

सम्बन्धित खबर

Language »