नेपालगञ्ज, बाँकेको नरैनापुरमा क्वारेन्टाईनमै आईतबार निधन भएका २५ बर्षिय युवामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा युवामा कोरोना संक्रमण भएको पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले जानकारी दिनुभयो ।
२४ बर्षिय युवा सहित नरैनापुरका विभिन्न क्वारेन्टाईनमा बसिरहेका २६३ जनाको स्वाब शनिबार नै संकलन भएको थियो । मृतकका आफन्त र स्थानीयबासीन्दाले भने समयमै अस्पताल पु¥याउन नसकेका कारण युवाको मृत्यु भएको दावी गरेका छन् । बान्ता भएर राती ३ बजेतिर युवाको ज्यान गएको हो ।
स्थानीयबासिन्दाले भने पिपिईको अभावमा एम्बुलेन्स चालकले अस्पताल पु¥याउन नमानेको दावी समेत गरेका छन् । नरैनापुरमा नेपाली सेनासहित सुरक्षा ब्यवस्था कडा पारिएको छ ।
नरैनापुर ५ का मृतक युवा चारदिनअघि भारतबाट फर्कि आई गाउँपालिकाले दिपेन्द्र आधारभुत विद्यालयमा स्थापना गरेको क्वारेन्टाईनमा बस्दै आउनुभएको थियो । शबको अन्त्येष्टिका लागि प्रशासनले ब्यवस्थापन गरिरहेको डा. थापाले जानकारी दिनुभयो ।