सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

सत्य, तथ्य, निष्पक्ष खबर, पलपलमा सारा खबर

शनिबार विश्वमा २ लाख ८९ हजार कोरोना संंक्रमित थपिए, ६ हजार १४२ को मृत्यु

काठमाडौं । शनिबार विश्वमा २ लाख ८९ हजार ३२१ कोरोना संंक्रमित थपिएका छन् ।

शुक्रबार अहिलेसम्मकै सबैभन्दा धेरै २ लाख ९२ हजार ५२७ कोरोना संक्रमित थपिएका थिए ।

यो सँगै विश्व स्वास्थ्य संगठनका अनुसार संक्रमितको संख्या १ करोड ७३ लाख ९६ हजार ९४३ पुगेको छ ।

त्यस्तै शनिबार विश्वमा कोरोना संक्रमणका कारण ६ हजार १४२ कोरोना संक्रमितको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार शुक्रबार ६ हजार ८१२ कोरोना संक्रमितको मृत्यु भएको थियो ।

विश्वका २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ६ लाख ७५ हजार ६० जनाको ज्यान गइसकेको छ ।

संक्रमितको संख्या १ करोड ७३ लाख ९६ हजार ९४३ पुगेको छ ।

सुरुका केही समय अमेरिकन देशमा सबैभन्दा धेरै प्रभाव देखिएको कोरोना भाइरसको संक्रमण तुलनात्मक रुपमा अफ्रिकन देशमा कम फैलिएको थियो ।

भर्खरै

सम्बन्धित खबर

Language »